छापा

नेपालमा १३ सय चिकित्सक बिरामी जाँच्न अयोग्य

असार १४, २०७६

    काठमाडौं : एमबीबीएस उत्तीर्ण भए पनि नेपालमा १३ सय डाक्टर बिरामी जाँच्न भने अयोग्य छन्। नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स (नाम दर्ता) परीक्षामा फेल हुँदा उनीहरू अयोग्य ठहरिएका हुन्। 

    नयाँ पत्रिका दैनिकमा समाचार छ, लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन्। विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर्ण भए पनि बिरामी जाँच्ने वैधानिकता लिन काउन्सिलले लिने लाइसेन्स परीक्षा पास हुनैपर्छ । काउन्सिल स्रोतका अनुसार फेल हुने अधिकांश बंगलादेशमा अध्ययन गरेर आएकाहरू छन्। 

    काउन्सिलले भने १० पटकसम्म निरन्तर फेल भएपछि लाइसेन्स परीक्षामा सामेल नै हुन नपाउने नियम बनाएर स्वास्थ्य मन्त्रालयमा पठाएको छ। तर, मन्त्रालयमा फाइल अड्किएको छ । यो नियम पास भयो भने १३ सयमध्ये सबैजसो डाक्टर लाइसेन्स परीक्षामा सहभागी हुन पाउँदैनन्। ‘यो नियम पास भए अहिले आन्दोलनमा आउने सबै डाक्टर परीक्षा दिन अयोग्य ठहरिनेछन्,’ काउन्सिल स्रोतले भन्यो। 

    नौपटक फेल भएका डाक्टर आन्दोलनको नेतृत्व गर्दै

    पटक–पटक फेल भएका डाक्टरहरू लाइसेन्सको माग गर्दै आन्दोलनमा उत्रिएका छन्। उनीहरूले बिहीबार स्वास्थ्य मन्त्रालय र शुक्रबार मेडिकल काउन्सिलमा ज्ञापनपत्रसमेत बुझाएका छन्। यो आन्दोलनको अगुवाइ डा‍. राम थापा क्षेत्रीले गरेका छन्। काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले बंगलादेश पढेर आएका क्षेत्री लाइसेन्स परीक्षामा नौपटकसम्म फेल भएको बताए। क्षेत्री नेतृत्वको आन्दोलनमा ३६ पटकसम्म फेल भएकासमेत रहेको उनले बताए । सबै १३ सय डाक्टरलाई लाइसेन्स दिलाउन उनीहरूको माग छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]