छापा

बच्नुस् सेतो पुतलीबाट, आँखाका लागि हानिकारक!

असार १४, २०७६

    काठमाडौं : कसैको एउटामात्र आँखा एक्कासि रातो भएको छ वा छोटो समयमा नै देख्ने शक्ति कमजोर हुँदैछ भने छिट्टै अस्पताल पुग्नु जरुरी छ। 

    त्यो आँखामा लाग्ने सापु रोग (सिजनल हाइपर एक्यिुट प्यान युभेइटिस) हुनसक्छ। यो रोग विशेषगरी बालबालिकामा बढी देखिन्छ। रातो हुने गरी सङ्क्रमण भएपछि केही घन्टादेखि केही दिनमा आँखै नदेख्ने हुन्छ । 

    गोरखापत्र दैनिकमा समाचार छ, नेपालमा यो रोग आएको ४० वर्षभन्दा बढी भयो । २०३२ सालमा पहिलोपल्ट नेपालमा देखिएको थियो। त्यतिखेर पनि बच्चामा पहिले देखा पर्‍यो । अस्पताल आएका बच्चामा एउटै लक्षण थियो । ‘मोथ (सेतो पुतली) खेलाएको र कसैको आँखामा मोथ परेको देखिएको पाइयो’, आँखारोग विशेषज्ञ डा. अनु मानन्धरले भनिन्, ‘मोथले नै हो कि भनेर त्यो बेलादेखि नै अनुमान गरियो।’

    तर, सीधै मोथले गर्दा भएको भन्ने औपचारिक रूपमा प्रमाणित भएको छैन, मोथ यस रोगको जोखिम कारक नै हो भन्ने प्रमाणित भने भएको छ। उहाँका अनुसार यो रोग लागेमा आँखाभित्र ब्याक्टेरिया देखिएको छ। १०–१५ वर्षयता रोगको निदानमा सफलता मिलेको छ। ‘आँखामा ‘एन्टिबायोटिक इन्जेक्सन’ लगाउँदा आँखामा जमेको पिप हटाउन र ज्योति फिर्ता ल्याउन सकिन्छ भन्ने जानकारी भयो’, उनले भनिन्। जीवाणु देखिएको, नदेखिएको दुवै आँखामा एन्टिबायोटिक राख्दा राम्रो परिणाम देखिएको छ। रोग लागेका बेला १४ देखि ३९ प्रतिशतका आँखामा ब्याक्टेरिया देखिएको उनको भनाइ छ। 

    डा। मानन्धरका अनुसार हरेक एक वर्ष बिराएर यो रोग ठूलै महामारीका रूपमा पनि देखा पर्छ। हरेक वर्ष फाट्टफुट्ट वर्षा मौसममा आउँछ। नेपालमा भने दशैँ–तिहारताका ठूलै प्रकोप हुने सम्भावना रहन्छ। ‘कहिले कुन क्षेत्रमा धेरै हुन्छ कहिले कुनैमा’, उनले भनिन्, ‘प्रदेश ३ र ४ मा वर्ष बिराएर देखिइरहेको छ। प्रदेश १ र २ तिरबाट भने कम आउने गरेको छ।’ 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]