समाज

जुम्लामा बन्ने भयो चुकेनी जलविद्युत् आयोजना

असार १४, २०७६

    जुम्ला : पातारासी गाउँपालिका १ मा रहेको चुकेनी खोलामा  करिब एक मेगावाट क्षमताको जलविद्युत् आयोजना बन्ने भएको छ।

    वैकल्पिक ऊर्जा र  गाउँपालिका र स्थानीयबासिन्दाको लगानीमा सुरु भएको आयोजनाको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बिहीबार शिलान्यास गरेका हुन्।

    चुकेनी सहकारी संस्था लिमिटेडका अध्यक्ष गोरबहादुर बुढाले पातारासी गाउँपालिका –१ गढीगाउँमा निर्माण हुने ९९८ किलोवाटको आयोजनाका लागि वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको २८ करोड, स्थानीयको शेयर २ करोड ५० लाख, गाउँपालिकाको एक करोड र प्रदेश सरकारको १ करोड रुपैयाँ गरी ४६ करोड रुपैयाँमा आयोजना निर्माण हुन लागेको उनले जानकारी दिए ।

    निर्माणको जिम्मेवारी भने फेवा कन्सल्टेन्स बुटवलले पाएको छ। १८ महिनामा काम सकिने गरी निर्माण सुरु गरिने वैकल्पिक ऊर्जा, नवीकरणीय उर्जाका लागि जिविकोपार्जनका फिल्ड संयोजक पृथ्वी शाहीले बताए 

    गाउँपालिकाले चुकेनी खोलाबाट उत्पादन गरिने ९९८ किलोवाटको सो आयोजनामा  सबै घरधुरीको नाममा शेयर लगानी गरेको  प्रमुख प्रसासकिय अधिकृत टेक बहादुर बुढथापाले बताए। यहाँका तीन हजार ३ सय २० घरधुरीको नाममा सो आयोजनाको सेयर रहने उनले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]