काठमाडौँ : वासु शशी स्मृति परिषद्ले ३ जना स्रष्टालाई पुरस्कृत गरेको छ। काठमाडौँमा आज (मंगलवार) गीतकार किरण खरेल, साहित्यकार प्रतिसरा सायमी ...
काठमाडौं : प्रसिद्ध भारतीय शिक्षाविद् गिजुभाईको पुस्तक ‘बालसंसार’को नेपाली अनुवाद प्रकाशित भएको छ। बालकथाकार एवं लेखक विष्णुकुमारको अनुवादमा पुस्तक प्रकाशित भएको हो।
शिक्षा दर्शन र बाल मनोविज्ञानका विषय समेटिएको पुस्तकले बालकालिकाको संसारबारे नयाँ आयामले जानकारी दिने अनुवादक विष्णुकुमारले जनाएका छन्। उनका अनुसार पुस्तक शिक्षक तथा अभिभावकका लागि उपयोगी हुने छ। ‘बालबालिका के चाहन्छन्? उनीहरूसँग कस्तो व्यवहार गर्ने?’ उपशीर्षक दिइएको पुस्तक १३६ पृष्ठको छ।
अनुवादक एवं लेखक विष्णुकुमारका पाँच दर्जजभन्दा बढी बालपुस्तक प्रकाशित छन्। पुस्तक इन्डिगो इन्कले प्रकाशन गरेको हो। यससँगै गिजुभाईका अन्य पुस्तक पनि नेपाली पाठककका लागि अनुवाद गरिने प्रकाशकले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।