खेलकुद

खेलका दौरानमा किन दिन्छ मौरीले दु:ख?

असार १४, २०७६

    इंग्ल्याण्डमा जारी एकदिवशीय विश्वकप क्रिकेटमा शुक्रबार फरक कारणले चर्चामा छ। विश्वकपबाट बाहिरिसकेको दक्षिण अफ्रिका र गणीतीय सम्‍भावना बोकेको श्रीलंकाको खेल त्यतिधेरै प्रतिक्षीत थिएन। तर, खेलको अन्ततिर जे भयो त्यो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

    प्रतियोगितामा बेला बेलामा वर्षाले अवरुद्ध भइरहेको थियो। खेल समयमा पानी पर्दा प्रतियोगीता रोकिए पनि शुक्रबार श्रीलंका र दक्षिण अफ्रिकाबीचको खेलको ४८ औं ओभरमा मैदानमा अचम्मको दृश्य देखियो।

    फिल्डर्स, ब्याट्सम्यान र अम्पायरहरू एकाएक मैदानमा सुत्न थाले। यसले मैदानमा खेल हेरिरहेका दर्शक मात्र होइन, टेलिभिजन स्क्रिनबाट विश्वभर हेरिरहेका सबैजना आश्चर्यचकित भए। खेल अन्तिम चरणमा पुगेका बेला सबै मैदानमा सुत्नुको कारण मौरीको अप्रत्यासित आक्रमण थियो। जुन अहिले भाइरल भइरहेको छ।

    दक्षिण अफ्रिका र श्रीलंकन खेलाडीका लागि मौरीको आक्रमण संयोगमात्र हो। यसअघि सन् २०१७ मै दक्षिण अफ्रिकामै एकदिवशीय खेलमा पनि यस्तै घटना भएको थियो। त्यतिबेला एकघण्टाभन्दा बढी समय खेल मौरीले अवरुद्ध गरेको थियो। मौरीको अवरोधका बाबजुत श्रीलंकालाई नौ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले दोस्रो जित आत्मासाथ गर्यो।

    खेलका दौरान मौरीले दुख दिनुका पछाडि उनीहरुमाथि हुने आक्रमणलाई कारण देखाउँदै आइएको छ। खुल्ला ठाउँमा मौरीहरु तितर वितर भएर आउँदा टोक्ने जोखिम हुने मौैरी विधहरुले बताउँदै आएका छन्। कतिपयले मौरीहरु कलरका कारणपनि आकर्षीत हुने गर्छन्।

    दक्षिण अफ्रिका र श्रीलंकाको ड्रेसलाई मौरी मैत्रि ड्रेस भएका कारणपनि मौरीको आक्रमणमा श्रीलंकन र दक्षिण अफ्रिकन खेलाडी पर्ने गरेको विज्ञको बुझाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]