काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
जनकपुरधाम : जनकपुरधामस्थित होलीक्रस बोर्डिङ स्कुलबाट एसइई परीक्षा दिएका अधिकांश विद्यार्थीको रिजल्ट शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयको लापरबाहीले बिग्रेको छ। उक्त स्कूलका २३ विद्यार्थीको रिजल्ट बिग्रेको हो।
कुल २८ विद्यार्थी परीक्षा दिएका थिए। जसमध्ये ५ जनाको रिजल्ट मात्र प्रकाशित भएको छ। अन्य २३ विद्यार्थीको रिजल्ट सूचीमा देखाएको छैन। रिजल्ट नै नदेखाएपछि विद्यार्थी चिन्तित बनेका छन्। सुधार भएर रिजल्ट आउने कि नआउनेमा उनीहरू अन्यौल देखिन्छन्।
स्कूलका प्रिन्सिपल संजिव ठाकुरले बेवसाइटमा रिजल्ट चेक गर्दा ‘नट इन द लिस्ट’ देखाउने गरेको बताए। 'रिजल्ट नदेखाएपछि विद्यार्थी गुनासो गरे। त्यसपछि शिक्षा कार्यालयका परीक्षा शाखा प्रमुख रामवृक्ष महतोसमक्ष गुनासो गरेँ। उहाँले यस्तो किन भयो भन्ने विषयमा अनभिज्ञता प्रकट गर्नुभयो’ उनले भने।
उनले परीक्षा शाखा प्रमुख महतोले दिएको सल्लाहअनुसार जन्म मिति तलमाथि गरेर चेक गर्दा पनि रिजल्ट नदेखाएको बताए। उनले अब के हाला भन्नेमा आफू पनि चिन्तित बनेको सुनाए। उनले विद्यार्थीको प्रवेशपत्रका साथ स्कुलको सिफारिस लिएर आउन र पेश गरेपछि त्रुटि सच्याउन सकिने भनेर परीक्षा शाखा प्रमुख महतोले भनेको सुनाए।
उक्त स्कुलको परीक्षा केन्द्र सकल भवन कन्या माध्यमिक विद्यालयमा परेको थियो। त्यहाँका केन्द्राध्यक्ष मोदनारायण राउत थिए। उनले शिक्षा कार्यालयबाट परीक्षार्थीको सूची नआएपछि विद्यालयको रेकर्डअनुसार परीक्षामा सहभागी गराएको बताए। उनले भने– 'सोही कारण रिजल्ट सूचीमा देखाउदैन होला।’ उनले त्रुटि सच्याउन सकिने बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।