समाज

एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला

असार १४, २०७६

    चितवन : चितवनको भरतपुर महानगरपालिका ३ लायन्स चोकमा एक पुरुष झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार मृतकको परिचय खुलेको छैन।

    अन्दाजी ३५ वर्षीय पुरुष लायन्स चोकस्थित पुरानो सम्ब्जीमण्डीको २ तले भवनको माथिल्लो तलामा कपडाको डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

    शनिबार बिहान ९ बजेको समयमा खबर आएपछि प्रहरीले तत्काल घटनास्थलमा मुचुल्का उठाइ अहिले शब भरतपुर अस्पतालको शब गृहमा लगिएको छ। मृतक व्यक्तिको शरीरमा कुनै चोटपटक नदेखिएको प्रहरिले जनाएको छ।

    स्थानीयले यसअघि ती व्यक्तिलाई कहीँ कतै नदेखिएको बताएका छन्। घटना के कसरी भएको भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]