काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (बुधवार) दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर २ हजार ३० दशम...
जाजरकोट ः डोल्पाका ८ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहले बजेट सार्वजनिक गरेको छ। जगदुला गाउँपालिका र मुड्केचुला गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाबाहेक अन्य ५ वटा स्थानीय तहका जनप्रतिनिधि यार्सागुम्वा संकलन गर्न गएका कारण वजेट सार्वजानिक हुन सकेको छैन।
अधिकांश समय काठमाडाैं विताएर चैत्रमा मात्र डोल्पा पुगेका जनप्रतिनिधि अहिले यार्सागुम्वाको सिजन सुरु भएपछि जेठ महिनादेखि पाटनमै रहेको पाइएको छ।जनप्रतिनिधि पाटनमा भएपछि स्थानीय तहको बजेट सार्वजानिक हुन सकेको छैन।
जनप्रतिनिधि यार्सा टिप्न पाटन र गाउँपालिकाका प्रशासकीय अधिकृत , लेखापाल सदरमुकाम बस्दा समस्य भएको नागरिक अगुवा शेरबहादुर बुढाले बताए। पटक, पटक समयमै वजेट ल्याउन अनुरोध गरिएको र यार्सागुम्वा संकलका लागि व्यवस्थापन राम्रो बनाई दिन आग्रह गरे पनि त्यो सुनुवाई नभएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताए।
५ स्थानीय तहले यार्सा संकलनलगायत विभिन्न कारण देखाई बजेट सार्वजनिक गर्न नसकेको जनाएका नेपाल पत्रकार महासङघ डोल्पाका पुर्व अध्यक्ष विष्णुलाल बुढाले बताए। आन्तरिक तयारी भए पनि वजेट सार्वजानिक हुन केही समय लाग्ने छार्काताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले बताए। छार्काताङसोङ गाउँपालिका, डोल्पोवुद्ध गाउँपालिका, काइके गाउँपालिका र शे–फोक्सुन्डो गाउँपालिकाका, ठूलीभेरी नगरपालिकामा बजेट सार्वजानिक हुन सकेको छैन।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।