काठमाडौँ : नयाँ सत्ता समीकरणको भविष्यमाथि नै आशंका उब्जिने गरी संघको मन्त्रालय भागबन्डामा हदैसम्म लचिलो बनेको नेकपा एमाले पछिल्लो ...
'प्रम हुँदाखेरि भनेको थिएँ, काठमाडौंमा मास्क लगाएर कोही पनि हिँड्दैन'
काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले दशैँसम्ममा सरकारमाथि लागेको आलोचना समाप्त हुने बताएका छन्।
'गतवर्ष आलोचना भयो, बृद्धभत्ता बढेन भनेर। यसपाली बढायौँ प्रसंसा भएन, रकम छरियो भनेर आलोचना गरियो' उनले भने 'दशैँसम्म पुग्दा सरकारमाथिको आलोचना समाप्त हुन्छ।'
उनले नेकपा 'जनताको जनवाद' सिद्धान्त लिएर अगाडि बढेका प्रष्ट पारेको छन्। मदन भण्डारीको ६८ औँ जन्मजयन्तिमा आयोजित 'विचार गोष्ठी' मा यस्तो बताएका हुन्।
उनले यसै आर्थिक वर्षभित्रै पार्टी एकीकरण प्रक्रिया पूरा हुने दाबीसमेत गरे। उनले यो आर्थिक वर्ष सकिन अझै १५-१६ दिन बाँकी रहेको भन्दै यसबीचमा पार्टी एकीकरण प्रकिया पूरा हुर्न विश्वास दिलाए। उनले दुवै अझै आफसी समझदारीमा अगाडि बढिरहेको पनि स्पष्ट पारेका छन्।
उनले दुवै अध्यक्ष आ-आफ्नो अभिभाराअनुसार मिलेर अगाडि बढिरहेको विश्वास दिलाएका छन्। उनले भने 'दुई अध्यक्ष नबुझी अगाडि बढेका छैनौँ। हाम्रा अभिभारा के हुन् भनेर बुझेर मिलेर अगाडि बढिरहेका छौँ।'
प्रधानमन्त्री ओलीले सरकारले अहिले राम्रो काम गरिरहेको बताउँदै लोकतन्त्रको रक्षा सुदृढ र कार्यान्वयन गर्नु सुशासन र विकास हासिल गर्ने कुरामा सरकार स्पष्ट र दृढ रहेको बताए। उनले भने 'जनतामा रहेको सरकारप्रतिको विश्वास डगमगाउन दिने छैनौँ। सुशासन कायम गरिन्छ, भ्रष्टाचार गर्न पनि दिन्न र गर्दिनँ पनि।'
प्रधानमन्त्री ओलीले गएको वर्ष नयाँ कानुन निर्माणमा खर्चिएको बताए। 'संविधान कार्यान्वयन र मौलिक हक सुनिश्चित गर्नका लागि कानुन निर्माण गरेका थियौँ। प्रदेश र स्थानीय संरचना निर्माण गरेका छौँ। पहिले संरचना नै थिएनन्' उनले भने।
उनले फरक प्रशंगमा काठमाडौंमा मास्क लगाएर कोही हिँड्नु नपर्ने बताएका छन्। उनले आफू प्रधामन्त्री हुँदा नै उक्त कुरा बताएको स्मरण गर्दै अगाडि भने 'मैले प्रम हुँदाखेरि भनेको थिएँ। काठमाडौंमा मास्क लगाएर कोही पनि हिँड्दैन। अहिले कोही पनि नाक समातेर हिँड्न।'
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।