समाज

मस्जिदको सेफ्टी ट्यांकीमा डुबेर ४ को मृत्यु

असार १४, २०७६

    विराटनगर : मोरङ सुनबर्षी नगरपालिका ९ डायनियास्थित मसजिदको कम्पाउण्डमा निर्माणाधीन सेफ्टी ट्यांकीभित्र पस्ने क्रममा ४ जना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा मो. फिरोज आलम, सहनवाद, कपिल आलम र मो.ओसिब आलम रहेका छन्।

    बेहोस अवस्थामा उद्धार गरिएका उनीहरूलाई उपचारका लागि प्रहरीले विराटनगरस्थित गोल्डेन अस्पतालमा ल्याएको थियो। अस्पतालले उनीहरूलाई मृत घोषणा गरेको मोरङका प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताए। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ। 

    ट्यांकीभित्र पसेका व्यक्तिहरू अचेत अवस्थामा रहेका छन् भन्ने खवर प्राप्त हुनासाथ तत्काल प्रहरीचौकी डायनिया र इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली तथा स्थानीयबासीले उद्धार गरेका थिए। मृत्यु हुनेहरू सबै सुनवर्षी ९ का रहेका छन्। ट्यांकीमा फसेका दाउद मियाँ भने उपचाररत रहेको प्रहरीको भनाइ छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]