समाज

संखुवासभामा भरुवा बन्दुकसहित एकजना पक्राउ

असार १४, २०७६

    संखुवासभा : जिल्लाकाे पाँचखपन नगरपालिका ६ बाट एक जना भरूवा बन्दुक पक्राउ परेका छन्।

    गोप्य सूचनाको आधारमा वाना प्रहरीले पाँचखपन ६ का २९ वर्षीय जगत रानामगर लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए। प्रहरीले रानाको घरभित्र लुकाई लोड गरेर राखेको भरूवा बन्दुकसहित शनिबार दिउसो पक्राउ गरेको प्रहरीले जनाएको छ।

    प्रहरीले बन्दुकसहित पक्राउ परेका राना मगरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको  जनाएको छ।

    ठूला हतियार अझै सार्वजनिक भएन  

    प्रहरीले विभिन्न स्थानबाट फेला पारेका ठूलो हतियार अझै सार्वजनिक गरेको छैन। प्रहरीले विभिन्न स्थानबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकतासहित ठूलो हतियार समेत पक्राउ गरेको महिनौ वित्दा समेत सार्वजनिक गर्न आलटाल गरिरहेको छ।

    प्रहरीले गत फागुन २३ गते प्रहरी निरीक्षक सन्तोष राईको टोलीले मादी नगरपालिका ५ ढाडे बाट एक थान पेस्तोलसहित विप्लवका दुई कार्यकता पक्राउ गरे पनि अझै सार्वजनिक गरेको छैन।

    त्यस्तै गरी प्रहरीले चिचिला गाउँपालिका दिदिङ, चनैपुर नगरपालिका सिद्धपोखरी र पाँचखपनबाट पक्राउ परेका विप्लवका कार्यकर्तासहित राइफल लगायतका हतियारको जानकारी लिन खोज्दा अनुसन्धान भइरहेको जवाफ दिने गरेका छन्।

    प्रहरीले विप्लवका कार्यकता बाट आधा दर्जन साना ठूलो हतियार पक्राउ गरेको स्रोतको भनाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]