अर्थ

अर्गानिक आलु खेती गर्ने कृषकलाई प्रोत्साहन

असार १४, २०७६

    डडेल्धुरा : डडेल्धुराका आलु किसानलाई १४ लाख रकम बाँडिदै छ। अर्गानिक आलु खेती गर्ने किसानलाई प्रोत्साहन वापतको रकम बाँडिन लागेको हो। 

    प्राधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आलु सुपर जोन परियोजनाबाट डडेल्धुराका १ हजार ५९५ जना आलु खेती गर्ने किसानलाई प्रोत्साहनवापत १४ लाख रुपैयाँ वितरण गरिने छ। 

    हिउँदे आलु खेती गर्ने किसानलाई प्रतिफल वापतको प्रोत्साहन रकम वितरण गरिसकिएको छ भने बर्खे आलु खेती गर्ने किसानलाई वितरण गर्ने प्रक्रिया शुरु गरिएको आलु सुपरजोन परियोजना डडेल्धुराका प्रमुख खेमराज जोशीले बताए। प्रतिरोपनी ३५० रुपैयाँका दरले आलु खेती गर्ने किसानलाई प्रतिफल प्रोत्साहनवापत रकम वितरण गरिएको उनले बताए।

    शुक्रबार अमरगढी नगरपालिका १ खडेली गाउँको कृषक सहकारी संस्थासंग आवद्ध आलु खेती गर्ने किसानलाई प्रतिफल वापतको प्रोत्साहन नगद रकम वितरण गरिएको छ। खडेली कृषक सहकारी संस्थाअन्तर्गत रहेका ३०० जना वर्खे आलु खेती गर्ने किसानलाई एकलाख ५ हजार रुपैयाँ वितरण गरिएको छ।

    प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले किसानलाई प्रतिफल वापतको प्रोत्साहन रकम वितरण गरेका हुन्। हिउँदे आलुखेती गर्ने ६०६ जनालाई ४ लाख ८५ हजार र वर्खे आलु खेती गर्ने ९८९ जनालाई ९ लाख १४ हजार रुपैयाँ वितरण गरेको आलु सुपर जोन परियोजना डडेल्धुराका प्रमुख जोशीले बताए।

    प्रधामन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आलु सुपरजोन कार्यक्रममा डडेल्धुरामा ६९.३ हेक्टर क्षेत्रफलमा हिउँदमा आलु खेती हुने गरेको छ भने १३०.७ हेक्टर क्षेत्रफलमा बर्खे सिजनमा किसानले आलु खेती गर्ने गरेका छन्। प्रतिफल प्रोत्साहन वापतको नगद रकम पाएपछि लाभान्वित किसान खुसी भएका छन्। 

    गन्यापुरा गाउँपालिकाको जर्मना, रुवाखोला, भात्काँडा, अमरगढी नगरपालिकाको तडिबटा, पोखरा, सल्लागाउँलगायका क्षेत्रमा स्थानीय किसानले अर्गानिक आलु खेती गर्दै आएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]