विश्व

सी र ट्रम्पबीच चीन-अमेरिका व्यापार परामर्श सुरु गर्न सहमत

असार १४, २०७६

    चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच शनिबार जापानमा भएको भेटवार्तामा आपसी सम्मान र समानताका आधारमा आर्थिक तथा व्यापार विवादमा पुनः परामर्श जारी गर्ने सहमति भएको छ।

    दुई नेताबीच भएको परामर्शमा अमेरिकी पक्षले यस पहिले चर्चामा रहेको चिनियाँ सामानमा नयाँ कर वृद्धिको विषयलाई तत्कालका लागि स्थगित गर्ने र दुई मुलुकका आर्थिक तथा व्यापार वार्ता टोलीले खासगरी यस पहिलेका ११ चरणमा भएका प्रयासमा सहमति निर्माण गर्न नसकिएका विशेष मुद्दाहरूमा केन्द्रित भएर पुनः छलफल गर्ने सहमति भएको छ।    

    चिनियाँ राष्ट्रपति सी र ट्रम्पले जी–ट्वन्टी सम्मेलनको सन्दर्भमा विश्वका मुख्य अर्थतन्त्र भएका विभिन्न १९ मुलुक र यूरोपेली यूनियनका उच्च नेताहरूबीच पनि भेटवार्ता गरेका थिए। उनीहरूले चीन र अमेरिकाबीचको पछिल्लो विकसित सम्बन्ध, व्यापार विवाद साथै साझा चासोका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूबारे पनि जानकारी गराएका थिए।

    उनीहरूले आगामी दिनमा दुईपक्षीय सम्बन्ध विस्तारका लागि नयाँ दिशा तय गर्ने र सहकार्य, समन्वय र स्थायित्वका साथ अघि बढ्ने कुरामा समेत छलफल गरेको बताइएको छ।    

    चीन व्यापार विवादबारे देखिएका असमझदारीलाई छलफल गर्न तयार रहेको तर यसो गर्दा दुई देशबीच समानता र आपसी सम्मानमा आधारित भएर विचारविमर्श हुनुपर्ने र एकअर्काका वैधानिक चासोलाई सम्बोधन गनुपर्ने भेटमा चिनियाँ राष्ट्रपति सीले बताए।    

    चीनको सार्वभौमिकता र सम्मानका विषयमा चीनले आफ्ना मुलभूत चासोलाई सुरक्षा गर्ने पनि राष्ट्रपति सीले बताए। विश्वका दुई ठूला अर्थतन्त्रले सम्भव हुनेसम्म विचारविमर्श र वार्ताबाट आपसीरूपमा स्वीकार हुने समाधान निकाल्नुको विकल्प नरहेको पनि राष्ट्रपति सीले उक्त अवसरमा बताए।    

    चीन र अमेरिकाबीच अधिकांश मुद्दामा अविभाज्य चासो र सहकार्यमासमेत व्यापकता रहको र तथाकथित विवाद र द्वन्द्वमा फस्नु नहुने पनि चिनियाँ राष्ट्रपतिको भनाइ थियो। उनले संयुक्त राज्य अमेरिकालाई चिनियाँ उद्यमी तथा विद्याथीलाई न्यायसङ्गत रूपले व्यवहार गर्न र जनता जनताबीच समन्वयकारी भूमिकाको आदानप्रदान हुने वातावरण निर्माण गर्न पनि आग्रह गरिएको छ।    

    यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले पनि अमेरिकी बन्दरगाहहरूमा चीनलाई आवेगका भरमा व्यवहार नगरिएको र अमेरिका सधैँ चीनसँग द्विपक्षीय सम्बन्ध बिस्तार गरेर अघि बढ्न चाहेको बताए।    

    अमेरिकाले चीन–अमेरिकाबीच व्यापारमा देखिएको असन्तुलनलाई सही तरिकाले समाधान गर्न दुई मुलुकबीच छलफल र वार्ताबाट अघि बढ्न सकिनेतर्फ ट्रम्पले जोड दिए। दुवैतर्फका उद्यमीलाई न्यायोचितरूपमा व्यवहार हुनुपर्ने, अमेरिकी सामानको आयातलाई चीनले बढाउनेतर्फ पनि सोच्ने विश्वास ट्रम्पले व्यक्त गरे।    

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]