समाज

बिहे खर्च कटाएर विद्यालयलाई सहयोग

असार १४, २०७६

    पर्वत : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेस सल्लाहकार अशोक पौडेलले आफ्नो बिहे खर्च कटाएर विद्यालयलाई सहयोग गरेका छन्।

    पौडेलले आफूले अध्ययन गरेको पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङको काफलचौर माध्यमिक विद्यालयलाई ५० हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन्। विद्यालयमा कम्प्युटर शिक्षक राख्नका लागि सहयोग पुगोस् भनेर ५० हजारबाट कोष स्थापनाको सुरुवात गरेको पत्रकार पौडेलले बताएका छन्। विवाहको प्रीतिभोजको अवसरमा उक्त रकम वडाध्यक्ष तेजप्रसाद पाध्याको उपस्थितिमा पौडेलका बुवा यामनाथ शर्माले विद्यालयका प्रधानाध्यापक लक्ष्मण गौतमलाई हस्तान्तरण गरेका हुन्।

    काफलचौर माविमा कक्षा ६ देखि ८ सम्म कम्प्युटर शिक्षा अध्यापन हुँदै आएको छ। विद्यालयमा सुविधा सम्पन्न कम्युटर ल्याबसमेत रहेको छ तर गाउँमा अध्यापन गराउनका लागि कम्युटर शिक्षकको अभाव हुँदै आएका कारण प्रयोगात्मक कक्षा सञ्चालनमा समस्या हुँदै आएको छ। कोष स्थापनापछि आफूले र अन्य इच्छुकले समेत त्यसमा सहयोग रकम थप्दै गएर भविष्यमा शिक्षकलाई तलबसमेत खुवाउन सकिने उद्देश्य राखिएको पौडेलको भनाई छ।

    पत्रकार पौडेलको असार १० गते कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ बिरेठाँटीकी प्रतिभा सुबेदीसँग विवाह भएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]