राजनीति

मुख्यमन्त्री गुरूङले भने : देश विकासमा नलागे नेकपा खोपाको भीमसेन हुन्छ

फाइल तस्वीर
असार १४, २०७६

    स्याङ्जा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले जननेता मदन भण्डारीको विचारले कम्युनिष्टहरुलाई एकै ठाउँमा  ल्याएको बताउएका छन्। 

    विचार र दर्शनको क्षेत्रमा भण्डारी एक मात्र बृहस्पति भएको बताउनुहुँदै मुख्यमन्त्री गुरुङले नेकपाले भण्डारीको विचारलाई सही सदुपयोग गर्नुपर्ने उल्लेख गरे। 

    राष्ट्रिय वृक्षरोपण दिवस २०७६ तथा ६७आँै मदन जयन्तीको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाले पुतलीबजार नगरपालिका-१४ स्थित मदन-आश्रित उद्यानमा गरेको वृक्षरोपण कार्यक्रममा गुरुङले यसो भनेका हुन् । 

    विसर्जनवाद, जडसूत्रवादी र संशोधनवादका कारण कम्युनिष्टहरु पछाडि परेको अवस्थामा मदन भण्डारीले जोगाएको बताउँदै मुख्यमन्त्री गुरुङले कम्युनिष्टहरु प्रतिस्पर्धा र जनताको अभिमतबाट अगाडि आउन सक्छन् भन्ने भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादबाट पुष्टि भएको उल्लेख गरे ।
    विपक्षीले पार्टी एकताविरुद्ध अनर्गल हल्ला फैलाएर जनतालाई भ्रम छरेको बताउँदै उनले पार्टी एकताको समयमा भएका सहमति कार्यान्वयन हुने प्रष्ट पारे।

    सामाजिक,  आर्थिक रुपान्तरणमा पार्टी नलागेमा पार्टी खोपाको भीमसेन हुने बताउँदै उनले पार्टीको सङ्गठन निर्माणमा जुट्न पनि कार्यकर्ताहरुलाई आग्रह गरे।।

    वृक्षरोपण कार्यक्रममा ३५ रोपनी क्षेत्रफलमा फैलिएको मदन उद्यान मा कपुर, अमला र तेजपत्ता गरी ३०० बिरुवा रोपिएका थिए । त्यसैगरी नेकपा वालिङ नगर कमिटीको आयोजनामा वालिङ नगरपालिका-६ स्थित थामडाँडामा पनि विभिन्न जातका बिरुवा रोपिएको नेकपाले जनाएको छ ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]