सर्लाही : सर्लाहीमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। एक गम्भीर घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्...
भक्तपुर : प्रहरीले करोडौँ मूल्य पर्ने ८ बोरा बुद्धचित्तको मालासहित तीजनालाई भक्तपुरबाट पक्राउ गरेको छ। सूर्यविनायक नगरपालिका-८ जगातीबाट हरियो दाना भएको बुद्धचित्तको माला ८ बोरा, सुकेको दाना ३ केजी र एक लाख ११ हजार रुपैयाँसहित स्वयम्भू बस्ने काभ्रे भुभ्लु गाउँपालिका-१० घर भएकी ५५ वर्षीया मञ्जु लामासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बा.१९ च ५३११ नम्बरको कार जाँच गर्ने क्रममा पछाडीको सिट र डिक्कीमा लुकाएको उक्त परिमाणको बुद्धचित्तसहित उनीहरुलाई पक्राउ गरेको हो ।
ठुलो आकारको बुद्धचित्तको एक पाथीको २५ लाख सम्ममा किनबेच हुने प्रहरीले जनाएको छ। काभ्रेका विभिन्न गाउँमा फल्ने बुद्धचित्तको एउटा मालाको मूल्य कम्तीमा पनि एक लाख रूपैयाँ छ। एक मुठ्ठी बराबर बुद्धचित्तबाट एउटा माला बन्छ। एउटा मालामा १ सय ९ वटा दाना राखिन्छ। मालाको आकार र मुख अनुसार यसको मूल्य तोकिन्छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।