समाज

मालपोत कार्यालय कपिलवस्तुमा आगलागी

असार १५, २०७६

    कपिलवस्तु : भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुमा आइतबार बिहान आगलागी भएको छ। सदरमुकाम तौलिहवामा रहेको कार्यालयको माथिल्लो तल्लामा रहेको कार्यालय प्रमुखको कार्यकक्षमा आगलागी भएको हो।

    आगलागीका कारण झण्डै १० लाख रुपैयाँ बराबरीको नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराले बताए। बिहान पौने ८ बजेदेखि सुरु भएको आगलागी प्रहरी, कपिलवस्तु नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आधा घण्टापछि  नियन्त्रणमा आएको छ।

    आगलागीबाट कम्प्युटर, प्रिन्टर मेसिन, फोटोकपी मेसिन, फर्निचर पुर्णरुपमा जली नष्ट भएका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]