विश्व

उत्तर कोरिया छिरे ट्रम्प, किमले भने, 'यसरी भेट होला भन्‍ने चिताएकै थिइनँ'

दुई नेताबीच तेस्रो शिखर वार्ता

असार १५, २०७६

    एजेन्सी : आकस्मिक रुपमा तय भएको भेटवार्तालाई मूर्त रुप दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतवार उत्तर कोरिया पुगेका छन्। उनले पहिलोपटक उत्तर कोरियाली भूमिमा पाइला राखेका हुन्।

    उत्तर कोरिया र दक्षिण कोरियाको सीमास्थित असैन्यकृत क्षेत्र (डिएमजेड) मा ट्रम्पलाई स्वगत गर्दै उत्तर कोरियाली नेता किम जोङले भने, 'तपाईंको साहसी कदमको म सराहना गर्छु। यहाँ यसरी भेट होला भनेर मैले चिताएको थिइन। फेरि भेट्न पाउँदा निकै खुसी लागेको छ।'

    किमसँग हात मिलाउँदै ट्रम्पले जवाफमा भने, 'हामीबीच गहिरो मित्रता छ। पहिलो भेटदेखि नै हामीले एकअर्कालाई रुचाएका छौं। मलाई पनि यहाँ यसरी भेट्न पाउँदा खुसी लागेको छ।' भेटघाटमा उत्तर कोरियाली नेता किम निकै सहज देखिएका थिए।

    यी दुई नेताबीच त्यहाँ गोप्य वार्ता हुँदैछ। अमेरिका र उत्तर कोरियाबीच परमाणु हतियारबारे मतान्तर रहँदै आएको छ। यी नेताहरुबीच पहिलो वार्ता सिंगापुरमा भएको थियो।

    भियतनाममा भएको दोस्रो वार्ता निचोडमा नपुगेपछि तनाव चुलिने चिन्ता बढेका बेला दुई नेताबीच उत्तरकोरियामै भेटवार्ता भएको हो ।

    ट्रम्पले उत्तर कोरियासँग सुमधुर सम्बन्ध बनाउने आफ्नो प्रयासबारे मिडियाले नकारात्मक रिपोर्टिङ गरेकोमा असन्तुष्टि जनाउँदै आएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]