काठमाडौं : विश्व रंगमञ्च दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो वर्ष दिवसको नारा ‘रंगमञ्च र शान्तिका लागि संस्कृति&...
बलिउड फिल्म दंगल र सिक्रेट सुपरस्टार बनेकी कलाकार जायरा वसिमले बलिउडबाट बिदा लिने भएकी छिन्। फेसबुकमा लामो स्टाटस राख्दै उनले बलिउडबाट बिदा हुने जानकारी दिएकी हुन्।
पाँच वर्ष पहिले उनले बलिउडमा हात हालेकी थिइन्। उनी फ्नो अभिनयका कारण सफल भइन्। उनको कलाकारिता बलिउडमा मात्र होइन् अन्तर्राष्ट्रियस्तरमा नै मन पराइयो। आफ्नो कलाकारितालाई मन पराएको मा सबै दर्शक र आफ्ना शुभ चिन्तकलाई उनले धन्यवाद दिएकी छिन्। उनले आफ्नो फेसबुक स्टाटसमा लेख्दै भनिन, 'मैले जब बलिउडमा काम गर्न थालेँ। मैले अपार सफलता प्राप्त गरेँ। म दर्शकको लोकप्रिय कलाकार बनेँ। अक्सर धेरै युवापिढीको लागि म रोल मोडल बन्ने अवसर पाएँ।'
लोकप्रिय बन्नुबाहेक पनि उनले आफ्नो धर्म र 'अल्लाह'का निम्ति आफूले यस्तो फेसला गरेको बताएकी छिन्। उनले लेखेकी छिन्, 'आफ्नो काम र लोकप्रियताबाट म आफैँ खुशी छैन। लामो समयदेखि मैले महसुस गरे कि म अरू केही बनेँ, जुन म बन्न चाहन्नथेँ।'
उनले आफूलाई अन्जान बाटोमा लागेको महसुस हुन थालेको बताइन्। उनले भनेकी छिन्, 'मैले यस्तो क्षेत्रमा काम जारी राखेँ, जसमा मेरो धर्मसँग मेरो सम्बन्ध खतरामा रुह्यो।'
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।