काठमाडौं : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद आरजू राणा देउवाको हाइपर प्याराथाइराइडिज्मको शल्यक्रिया गरिएको छ।&nbs...
काठमाडौं : एक सय ४५ जना सहसचिवको समायोजनको टुंगो लगाएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिम्मेवारीमा हेरफेर गरेको छ। मन्त्रालयका कर्मचारी प्रशासन शाखाका सहसचिव जनादर्न गुरागाईंका अनुसार मन्त्रालयले मन्त्रालयअन्तर्गत रहेका विभिन्न विभागहरूका प्रमुखमा व्यापक हेरफेर गरेको हो।
हाल स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको शक्तिशाली पद मानिने सेवा विभागको महानिर्देशकमा मन्त्रात्रालयमा रहेका एक मात्र विशेषज्ञ चिकित्सक डा. सुशीलनाथ प्याकुरेललाई लगेको छ भने निमित्त महानिर्देशक रहेका डा. गुणराज लोहनीलाई कोशी अञ्चल अस्पताल विराटनगर पठाएको छ।
यस्तै, औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई हटाएको छ। उनलाई राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुख बनाइएको छ। उनको ठाँउमा निमित्त महानिर्देशकको रूपमा पानवहादुर क्षेत्रीलाई राखिएको छ।
यस्तै, राष्ट्रिय क्षयरोग केन्द्रमा धवलागिरी अञ्चल अस्पतालका मेसु डा. सागरराज भण्डारी ल्याएको छ भने केन्द्रमा रहेका निर्देशक डा. भीम सिंह तिंकरी विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको निर्देशकमा खटाएको छ। परिवार कल्याण महाशाखाका निर्देशक डा. आरपी विच्छालाई कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी दिएको छ।
यस्तै, सार्क क्षयरोग केन्द्रको निर्देशकमा लामो समयसम्म मन्त्रालयमा फाजिलमा रहेका डा. रमेश खरेललाई पठाएको छ। यस्तै, तालिम केन्द्रको प्रमुख मोहमत दाउद बनेका छन्। प्रदेश १ का स्वास्थ्य निर्देशक बनेका भोगेन्द्रराज डोटेलले व्यवस्थापन महाशाखाको जिम्मेवारी पाएका छन्।
आयुर्वेद तथा वैकल्पिक विभागको महानिर्देशक डा. वासुदेव उपाध्यायलाई यथावत राखिएको छ। नरदेवी आयुर्वेद अस्पतालको निर्देशकको जिम्मवादरी भने डा. प्रदीप केसीलाई दिइएको छ।
मन्त्रालयमा रहेका सहसचिवहरू डा. दीपेन्द्ररमण सिंह, महेन्द्रप्रसाद श्रेष्ठ, डा विकास देवकोटाको पदस्थापन यथास्थानमा गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।