अर्थ

पोखरा महानगर : कर्मचारी टिकाउन प्रोत्साहत भत्ता !

File Photo
असार १५, २०७६

    पोखरा : पोखरा महानगरपालिकाले वडा कार्यालयमा कर्मचारी टिकाउन प्रोत्साहत भत्ता दिने भएको छ। महानगरले आगामी आर्थिक वर्षदेखि महानगरका केहि वडामा कार्यरत कर्मचारीलाई प्रोत्साहन गर्न भन्दै भत्ता दिने भएको हो।

    १६, १८, १९, २०, २१, २२, २३, २४, २८, ३२ र ३३ नम्बर वडामा कार्यरत कर्मचारीलाई भत्ता दिन लागिएको महानगरका प्रमुख मानबहादुर जिसीले बताए। ‘हाम्रा केहि वडाहरु तुलनात्मक रुपमा टाढाछन्, कर्मचारी नबस्ने समस्या छ,’ प्रमुख जिसीले भने, ‘कर्मचारीलाई गाउँमै सेवा दिन बस्ने वातावरण बनाउन प्रोत्साहन स्वरुप भत्ता दिन लागिएको हो।’

    टाढा र कम विकसित भनिएका ११ वटा वडाहरूमा खटिने प्रति कर्मचारीलाई १ हजार ५ सय रुपैयाँ थप भत्ता दिने महानगरले बजेटमा उल्लेख गरेको छ।

    प्रमुख जिसीले कर्मचारीको मनोवल बढाउन र काममा क्रियाशिलता ल्याउन प्रोत्साहन भत्ताको ब्यवस्था गरेको बताए। ‘अलिअलि भत्ता थपियो भने कर्मचारी जाने वातावरण बन्ला भनेर थपेका हौँ। ती वडा विकट भने हैनन्, अरुभन्दा केहि टाढा चाहिँ पक्कै हो।’

    अहिले टाढा भएका वडाहरु तत्कालीन गाविसहरूबाट गाभिएर महानगर भएका वडाहरू हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]