फिचर : फोटो फिचर

'रोपाइँको गह्रा' मा राष्ट्रिय झण्डा फरर (फोटो फिचर)

असार १५, २०७६

    धादिङ : मुठी रोपेर मुरी उब्जाउने महिना अर्थात्। अझ असारको मध्यदिन १५ गते। यही दिन देशभर धान दिवस र रोपाइँ जात्रा मनाइँदै छ। सरकारले देशभरका विभिन्‍न भागमा धान दिवस र रोपाइँ दिवस मनाइरहेको छ।

    यो महिना किसानहरु वर्षभरिको छाकका जुटाउन खेती लगाउन व्यस्त छन्। कृषि प्रधान देशमा वर्षमा एक दिन हिलोमा पस्नै पर्ने मान्यता छ। मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्।

    धादिङको धुनेबेंसी नगरपालिकामा धान दिवस र रोपाइँ महोत्सव मनाइएको छ। नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गरेको उक्त महोत्सवमा युवायुवतीले हिलो छ्यापाछ्याप गरेर रोपाइँ दिवस मनाएका छन्।

    रोपाइँका क्रममा युवा राष्ट्रिय झण्डासहित हिलोमा पसेका थिए। उनीहरूले रोपाइँ दिवस नेपालको मौलिक पर्व रहेको सन्देश पनि दिएका छन्। 

     

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। .

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]