समाज

पर्सामा लागुऔषधसहित ४ जना पक्राउ

असार १५, २०७६

    पर्सा : वीरगन्ज महानगरपालिकाको विभिन्न ठाउँबाट प्रहरीले प्रतिवन्धित लागुऔषधसहित ४ युवालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका १५ भानुचौक र महानगरपालिका १० रानीघाट नजिकबाट प्रहरीले चार युवालाई पक्राउ गरेको हो। 

    वीरगन्जको रानीघाट नजिकबाट प्रहरीले चितवन जिल्ला रत्न नगर नगरपालिका २ बस्ने २० वर्षीय सन्दिप साह र कलैया नगरपालिका १ बस्ने वर्षीय २० कै अर्जुन साह कानुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यसै गरी वीरगन्जको भानुचाेकस्थित बसपार्कबाट जितपुर सिमरा उपमहानगरपालिका ७ बस्ने वर्षीष १७ र १६ को अरवाज ठकुराई र समिर ठकुराईलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक अनन्नराम शर्माले बताए। 

    पक्राउ परेका अभियुक्तको साथबाट ४६४ पिस नाइट्रोभेट ट्याव्लेट, नुर्फिन ५ पिस, फेनार्गन ५ पिस र डाइजेपाम ५ पिस फेला परेको छ उनले भने। प्रतिवन्धित लागुऔषधसहित नियन्त्रणमा लिएका अभियुक्तलाई लागु औषध मुद्दामा कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]