समाज

मुगुमा ७५ प्रतिशत धान रोपाइँ सम्पन्न

असार १५, २०७६

    मुगु : हिमाली जिल्ला मुगु ७५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र जुम्ला सम्पर्क केन्द्र मुगुका अनुसार रोपाइँ हुने कूल क्षेत्रफलमध्ये ७५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। जिल्लाका अधिकांश स्थानमा सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ।

    अधिकांस पाखो जमिन भएकाले मुगुमा खासै रोपाइँ हुँदैन। सिँचाइ सुविधा भएका स्थानमा रोपाइँ धमाधम भइरहेको कृषि ज्ञान केन्द्र जुम्ला ,  सम्पर्क केन्द्र मुगुले जनाएको छ। मुगुमा जेठ महिनादेखि रोपाइँ सुरु भएको सम्पर्क केन्द्र मुगुका निमित्त कार्यालय प्रमुख सुकीराम नेपालीले बताए।

    उनका अनुसार  मुगु जिल्लाको ३ लाख १० हजार  ३ सय १० हेक्टर जमिनमध्ये १९ हजार ३ सय ४० हेक्टर जमिन खेती योग्य भएको बताए। त्यसमध्ये १८ हजार ४ सय २१ हेक्टर जमिनमा खेती गरिएको बताउँदै निमित्त प्रमुख नेपालीले  सिँचाइ योग्य जमिन १९ सय २९ हेक्टर क्षेत्रफलमा रहेको बताए।

    मुगु जिल्लाको खत्याड गाउँपालकिा र छायाँनाथ रारा नगरपालिकामा ७० प्रतिशत रोपाइँ सकिएको बताए। अन्य गाउँपालिका सोरु र मुगुम कार्मारोङ्गं गाउँपालिकामा कति प्रतिशत रोपाई भयो भन्ने जानकारी प्राप्त नभएको प्रमुख नेपालीको भनाइ छ। असारदेखि साउनको पहिलो सातासम्म रोपाइँका लागि उपयुक्त समय मानिने गरिएको कृषि ज्ञान केन्द्र मुगुले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]