समाज

निवासमै पुगेर संस्कृतिविद् जोशीलाई सम्मान

File Photo
असार १५, २०७६

    काठमाडौं : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरेको छ।

    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आईतबार ललितपुरको बखुम्बहालस्थित निवासमै पुगेर जोशीलाई अभिनन्दन पत्रसहित सम्मान गरेको हो। नेपाल र नेपाली भाषा, कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनु भएका संस्कृतिविद् जोशीलाई अभिनन्दन पत्रसहित सम्मान गरिएको प्रतिष्ठानका कूलपति के. के कर्माचार्यले बताए।

    कार्यक्रममा बोल्दै अभिनन्दित व्यक्तित्व संस्कृतिविद् जोशीले देश र जनताको हितमा केन्द्रित हुने गरी कला क्षेत्रको विकासमा जुटन ललितकलाकर्मीहरुलाई आग्रह गरे। उनले कलामा सौन्दर्य मात्र नभई मुलुकको समृद्धि, सभ्यता र संस्कृति पनि निहीत हुने भएकाले त्यसमा जोड दिएर लाग्नुपर्ने आवश्यक्ता पनि औंल्याए।

    संस्कृतिविद् जोशीले कला क्षेत्रको विकासबाट मुलुकको राष्ट्रिय एकतालाई पनि बलियो बनाउन सकिने स्मरण गराए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]