काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले त्रिविमा ७ हजार ६७४ जना कर्मचारी रहेको जनाएको छ। त्रिविका उपकुलपति प्राडा केशरजंग बरा...
काठमाडौं : अध्यागमन कार्यालय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका नायव सुब्बा ललित कुमार झा र उनकी श्रीमती सुचिता देवी झाविरुद्ध भ्रष्टाचार मुद्दा परेको छ।
पदीय मर्यादाविपरीत गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झा दम्पतीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
२०४० सालमा सार्वजनिक सेवामा प्रवेश गरेका झाले २०७६ सम्म २ करोड २८ लाख ६४ हजार रुपैयाँ आर्जन गरेको देखिएको छ। त्यही अवधिमा उनले आफू र श्रीमतीको नाममा राखेको र लगानी गरेको चल अचल सम्पत्ति तीन करोड ८५ लाख ४३ हजार देखिएको अख्तियारले जनाएको छ।
जम्मा सम्पत्तिमध्ये एक करोड ५६ लाख ७९ हजार रुपैयाँ बराबरको मात्रै स्रोत खुलेको अख्तियारको दाबी छ। अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले झा र श्रीमतीविरुद्ध एक करोड ५६ लाख ७९ हजार रुपैयाँ बिगो कायम गरी जरिवाना, कैद सजाय र गैरकानुनीरुपमा आर्जन गरेको सम्पत्ति जफत गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको बताए।
कार्यकारी अधिकृतलाई मुद्दा
यस्तैगरी संखुवासभाको चैनपुर नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत उत्तम रेग्मीसहित ४ जना पनि भ्रष्टाचार मुद्धामा तानिएका छन्।
चैनपुर नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत रेग्मीले अनियमितरुपमा कार्यालय सहयोगीको नाममा विभिन्न योजना भुक्तानी दिन भन्दै नक्कली बिल बनाएर हिनामिना गरेको अख्तियारको आरोप छ।
अख्तियारले रेग्मीविरुद्ध ७ लाख ६ हजार रुपैयाँ विगो माग दाबी गरेको छ। अख्तियारले रेग्मीसँग मिलेमतो गरी मतियारमा संलग्न रहेका भन्दै हिमालयन इन्स्टिच्युट अफ टेक्नोलोजीका सञ्चालक यज्ञप्रसाद ढकाल, इन्स्टिच्युट अफ रिसर्च एण्ड डेभलपमेन्टका सञ्चालक दुर्गाप्रसाद दाहाल तथा एभरेष्ट टेक्नोलिङ्कस प्रालिका संचालक अन्जिता गौतमविरुद्ध यसअघि मुद्धा दायर गरेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।