काठमाडौँ : विशेष अदालत काठमाडौँले रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित छ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ...
दाङ : दाङको घोराहीमा सुनको सिक्री लुटिने घटना बढेका छन्। घोराही क्षेत्रमा १० दिनको अवधीमा २२ तोला सुन लुटिएको प्रहरीमा उजुरी परेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार यही असार ३ देखि १३ गतेसम्म घोराहीको तरकारी बजारबाट २२ तोला बराबरको सुनका सिक्री लुटिएको छ। जिल्ला प्रहरी कार्यालयमा ११ जनाले निवेदन दिएको र सबैले तरकारी बजारबाटै आफ्नो सुन लुटिएको बताएका छन्।
बिहान पख तरकारी किन्नका लागि जिल्ला प्रहरी कार्यालयदेखि केहीमाथि रहेको तरकारी बजारमा जाँदा सिक्री लुटिने गरेको पीडितहरूले बताएका छन्। घोराही १५ का वीपेन्द्रमान श्रेष्ठले तरकारी किन्दै गर्दा एक्कासी होहल्ला मच्चिएको र एक जनाले सिक्री लुटिएको भनेपछि आफूले घाटीमा छाम्दा आफ्नो पनि ३ तोलाको सिक्री नभएको बताए।
तरकारी बजारमा बिहानपख तरकारी किन्नेको चाप भएको मौका छोपेर लुटेराले सुनका सिक्री लुटने गरेका छन्। सिक्री लुटिने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालयले सादा पोसाकमा प्रहरी परिचालन गरेको छ।
यसैक्रममा सिक्री लुटदै गर्दा एक नाबालकलाई प्रहरीले पक्राउ गरेको छ। ती बालक एक महिलाको सिक्री तान्दै गर्दा पक्राउ परेका छन्। अन्य लुटेरा भने अहिलेसम्म फेला परेका छैनन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।