खेलकुद

विश्‍वकप क्रिकेट : इङ्ल्यान्डले भारतलाई दियो ३३८ रनको लक्ष्य

असार १५, २०७६

    काठमाडौं : विश्वकप क्रिकेट प्रतियोगिताको ३८ औँ खेलमा घरेलु टोली इङ्ल्यान्डले भारतलाई ३३८ रनको लक्ष्य दिएको छ। आइतवार बर्मिङ्घमको एजबेस्टनमा खेलिएको खेलमा इङ्ल्यान्डले ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा ३३७ रन बनाएको हो । 

    टस जितेर पहिले ब्याटिङमा गएको इङ्ल्यान्डका लागि जोनी बेयरस्टोले १११ रनको शानदार पारी खेले। उनले यस विश्वकपमा पहिलो सतक बनाए। स्टोक्सले यस विश्वकपमा चौथो अर्थसतक बनाए। उनी ७० रन बनाएर पेभेलियन फर्किए। भारतका लागि मोहम्मद शमीले ५, कुलदीप यादव र जसप्रीत बुमराहले  एक-एक विकेट लिए।

    इङ्ल्यान्डका कप्तान इयान मोर्गन १ रनमै पेभेलियन गए। जो रूटले ४४ रनको पारी खेले। जोस बटलर ८ बलमा २० रन बनाएर आउट भए। 

    जेसन रोय ६६ रन बनाएर आउट भए। जेसनको यो १६ औँ अर्धसतक हो। उनले पहिलो विकेटका लागि बेयरस्टोसँग १६० रनको साझेदारी गरे।

    शमी लगातार तीन खेलमा ४ भन्दा धेरै विकेट लिने दोस्रो भारतीय खेलाडी बने।यसअघि नरेन्द्र हिरवानीले सन् १९८८ मा यस्तो उपलब्धि लिएका थिए।

    शमी विश्वकपमा लगातार तीन पटक ४ भन्दा धेरै विकेट लिने दोस्रो बलर हुन्। यसअघि पाकिस्तानका शाहिद अफ्रिदीको नाममा यो उपलब्धि थियो। शमीले यस विश्वकपमा १३ विकेट लिइसकेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]