राजनीति

चिनियाँ टोली पेट्रोलियम अन्वेषणका लागि दैलेख पुग्यो

असार १५, २०७६

    दैलेख : जिल्लाको पञ्चकोशी क्षेत्रमा पेट्रोलियम अन्वेषणको औपचारिक कार्यको सुरुवातका लागि चिनियाँ टोली दैलेख पुगेको छ। चीन सरकारको विशेषज्ञ टोलीसहित नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृक यादव, पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डेसहित चीन सरकारको विशेष टोली आइतबार दैलेख आइपुगेको हो।

    दैलेखमा रहेको पेट्रोलियम अन्वेषण कार्यको औपचारिक सुरुवात गर्न चीन सरकारको विशेषज्ञ टोली दैलेखमा आएको र कार्यक्रम सोमबारबाट सुरु गरिने प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्माले बताए। कार्यक्रम १५ गते आइतबार गरिने भनिए पनि केही समस्याका कारण सोमबार सुरु गरिने शर्माले बताए।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार हुँदा नाकाबन्दीसँगै मुलुकभर पेट्रोलियम पदार्थको चरम संकट परेपछि २०७२ साल मंसिर २१ गते तत्कालीन सरकारका उद्योगमन्त्री सोमप्रसाद पाण्डे सहितको टोलीले दैलेखको शिरिस्थानमा आएर पेट्रोलियम पदार्थ अन्वेशणको घोषणा गरेको थियो। त्यस्तै, २०७२ साल चैत्रमा चाइनाको विशेषज्ञ टोली अनुसन्धानका लागि पहिलो पटक दैलेख आई एक साता अनुसन्धान गरेर फर्केको थियो।

    पेट्रोलियम अन्वेशणका लागि चीनका तर्फबाट चाइना जिओलोजिकल सर्बेका भाइस प्रेसिडेन्ट वाङकुल र नेपालको तर्फबाट खानिज तथा भू-गर्व विभागका महानिर्देशक सोमनाथ सापकोटाबीच बेइजिङमा सम्झौता भएको र सोहीअनुसार कार्य अगाडि बढ्ने खानी तथा भूगर्व विभागका परियोजना प्रमुख सुदीप रजौरेले जानकारी दिए।

    पहिलो पटक परियोजनाका लागि २ अर्ब २० करोडको सम्झौता भएको हो। दैलेखमा देखिएको ग्याँसले कुनै स्थानमा पेट्रोलियम पदार्थ छ भनेर प्रमाणित भइसक्यो र अब कति परिमाणमा छ? कहाँ छ? उत्खनन् गर्दा हुने परिमाण र लागतको मेल खान्छ कि खाँदैन् यस्ता विषयको ठोस अनुसन्धान हुने रजौरेले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]