स्वास्थ्य

भरतपुर अस्पतालको सुपरिटेन्डेन्टमा तिवारी नियुक्त

असार १५, २०७६

    चितवन: भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट डेढ महिनामै परिवर्तन भएका छन। मन्त्रिपरिषदको निर्णय अनुसार डा श्रीराम तिवारीलाई नियुक्त गरेको छ। यसअघि नियक्त भएका डा विश्ववन्धु वगालेले जिम्मेवारी लिएको डेढ महिना मात्रै भएको थियो। उनी गएको जेठ १ गत्ते अस्पतालको सुपरिटेण्डेन्टमा नियुक्त भएका थिए।

    भरतपुर अस्पतालमा एक वर्षको अवधिमा ४ जना मेसु परिवर्तन भए। यसअघि प्राडा कृष्णप्रसाद पौडेल, डा रविन खड्का, डा. रुद्र मैरासिनीले पनि राम्रोसँग आफ्नाे जिम्मेवारी सम्हाल्न नपाउँदै परिवर्तन हुनु परेको थियो। 

    केन्द्रीय अस्पतालको रुपमा स्तरोन्नति भइसकेको यस भरतपुर अस्पताललाई आम सर्वसाधारणको पहुँच र सेवा सुविधासम्पन्न राजधानीपछिकै राम्रो मानिन्छ। तर अस्पतालमा हुने राजनीतिक चलखेलले सोचेजति भौतिक तथा सेवा प्रवाह गर्न नसकिएको स्वयं अस्पतालले पनि स्वीकार्ने गरेका छन। 

    राजनीतिक कारण अस्पतालको मेसु परिवर्तन भइरहँदा अस्पताल विकासको दिर्घकालीन काम प्रभावित भएको भन्दै सरोकारवाला निकायले गुनासो गरेका छन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]