काठमाडौँः सनराइइज बैंकले कैलालीको गोदावरीमा नयाँ शाखा खोलेको छ । बैंकले गोदावरीस्थित अत्तरियामा ११० औँ शाखा सञ्चालनमा ल्याएको हो।
आइतबार गोदावरीे नगरपालिकाको मेयर हरिसिंह सावद र नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले उक्त शाखाको उद्घाटन गरे।
पनौती शाखा पनि सुरू
आइतवारै बैंकले आफ्नो पनौती शाखा पनि स्थानान्तरण गरेको छ । उक्त शाखाको उद्घाटन पनौतीका मेयर भीम न्यौपानेले गरे। उक्त कार्यक्रममा सञ्चालक समितिका सदस्य ओमकृष्ण जोशी र बच्छराज तातेड उपस्थित थिए।
बैंकले यही शनिबार डडेलधुराको गन्यापधुरा– ३ मा ३६ औ शाखारहित बैंकिङ्गको उद्घाटन गरेको थियो। शाखारहित बैंकिङ्ग सेवा, वडा नं ३ का वडा अध्यक्ष चक्रबहादुर देउवाले उद्घाटन गरे।
हालसम्म बैंकको शाखा संख्या ११० पुगेको छ । बैंकले नेपालभर ३६ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२३ वटा एटिएममार्फ्त आफ्ना ५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।¬
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।