समाज

साइबर क्राइम नियन्त्रण गर्न सुरक्षा अनुगमन केन्द्र सञ्चा‍लन

साइबर सुरक्षा पहिलो खुड्किलो

असार १८, २०७६

    काठमाडौं : नेपाल सरकारले राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र संचालनमा ल्याएको छ। संचार तथा सूचाना प्रविधि मन्त्रालयले बुधबारबाट अनुगमन केन्द्र सुचारु गरेको हो।

    नेपालमा संचालनमा रहेका सबै वेबसाइडहरू कहाँबाट खोलिएको छ र कहाँबाट आक्रमणको प्रयास भएको छ भन्ने विषयमा पूर्वजानकारी लिनका लागि अनुगमन केन्द्र संचालनमा ल्याइएको सचिव महेन्द्र गुरुङले जानकारी गराए पहिलो चरणमा सरकार वेबसाइड (जिओभी डट एनपी) हेरिने जानइएको छ।

    त्यसपछि नेपालभित्र रहेका हरेक वेबसाइड कहाँबाट कस्ता व्यक्तिले चलाउने प्रयास गरेको छ र भित्र छिरेको छ भन्ने विषयमा जानकारी राखिने जनाइएको छ।

    संचार मन्त्रालयमा रहेको अनुगमन केन्द्र सरकारी वेवसाइ कुन देशबाट र कुन आइपी एड्रेसबाट खोलिएको छ भन्ने विषयमा जानकारी राख्ने छ। केही समयपछि भने नाकाबाहरूबाटै आइपी एड्रेसहरू अनुगमन गरिने सचिव गुरुङले बताए।

    यो प्रणालीबाट कुनै पनि वेक सर्भिसेजमा हुने सुरक्षा चुनौती तथा खतरासम्बन्धी सूचना प्रविधि क्षेत्रमा हुने सम्भावित क्षति र आक्रमणबाट पूर्वसूचना दिन सक्नेछ।

    यस्तो अनुगमनले कुनै देशको आइपी एड्रेसबाट संकास्पद भए सम्बन्धित देशसँग समन्वयन गरी त्यस्तो एड्रेस बन्द गर्नेसम्मको कार्य सरकारले गर्न सक्ने व्‍यवस्था गरिएको छ। यो अनुगमन केन्द्र सूचना प्रविधि आकस्मिक सहयता समूह संचालन तथा व्यवस्थापन निर्देशिका २०७५ अनुसार संचालन गरिएको हो। सरकारले आर्थिक वर्ष २०७५/७६ को कार्यक्रमअनुसार यो कामको सुरुवात गरेको हो।

    नेपालको साइबर सुक्षाका हिसाबले पहिलो खुड्किलो भएको सचिव गुरुङको दाबी रहेको छ। 'यसभन्दा अघि यस्तो पूर्वसूचना पाउने कुनै संयन्त्र थिएन साइबर सुरक्षाको लागि यो पहिलो खुड्किलो हो' गुरुङले भने। उनले अब विश्‍वमा साइबर युद्ध हुनसक्ने अवस्थामा आफ्नो साइवर सुरक्षामा सरकार केन्द्रित भएको दाबी गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]