काठमाडौँ : कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव १६ किलोमिटर तल भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रह...
धनगढीः अत्तरिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोकराज देवकोटासहित तीनजनालाई प्रहरीले बुधवार पक्राउ गरेको छ । उद्योग वाणिज्य सङ्घको कार्यालयमा पत्रकार सम्मेलन चलिरहेका बेला इलाका प्रहरी कार्यालय अत्तरियाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने अन्य दुईमा सङ्घका सदस्यद्वय विपिनकुमार साउद र दिनेश विष्ट रहेका छन् । असार १० गते गोदावरी नगरपालिकालेको तेस्रो नगर सभाको उद्घाटन सत्रलाई अवरोध पुर्यएको भन्दै अध्यक्ष सहित ८ जना विरुद्ध नगरपालिका कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दायर गरेको थियो ।
नगरपालिकाको उजुरीको आधारमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए । उनले भने, ‘थप पाँच जनको पनि खोजी भइरहेको छ ।’ अध्यक्ष सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको विरोधमा व्यापारीहरूले अत्तरिया बजार बन्द गराएका छन् ।
व्यापारीले व्यवसायीहरूका साझा समस्यालाई नगरपालिकाको नगरसभामा राख्न नपाएको विषयमा बोल्दा मुद्दा लगाएर पक्राउ गर्नु गलत भएको भन्दै पसलहरू बन्द गरेको अत्तरिया उद्योग वाणिज्य सङ्घका महासचिव यज्ञराज जोशीले बताए । \
उनले भने ‘हाम्रो कुरा धारणाहरु सुन्नुपर्ने थियो सुनिएन, त्यसैमाथि व्यापारीलाई झुटो मुद्दा लगाएर पक्राउ गरिएको छ । यसको विरोधमा हामी उत्रिएका हौँ ।’
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।