काठमाडौं : सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पा...
मुगु : जिल्लाभर रहेका सञ्चारकर्मीका लागि बुधबारदेखि विकास तथा खोज पत्रकारितासम्बन्धी सात दिने तालिम सुरु भएको छ।
छायानाथ रारा नगरपालिका र सोरु गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ मुगु शाखाको आयोजनामा बुधबारबाट तालिम शुरुवाती भएको नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले जानकारी दिए। तालिममा जिल्लाभित्रका सञ्चार माध्यममा कार्यरत तथा जिल्लामा बसी राष्ट्रियस्तरका विभिन्न सञ्चार माध्यममा कार्यरत २५ जना सञ्चारकर्मी सहभागी भएको उनले बताए।
क्रियाशिल सञ्चारकर्मीको क्षमता वृद्धि गराउन र विद्यमान अवस्थामा विकास पद्धतिमा देखिएका विकृति अन्त गर्न तथा समाज विकासका लागि सरोकार राख्ने राज्यका निकायलाई खबरदारी गर्न सात दिने तालीमको आयोजना गरिएको महासंघले जनाएको छ।
तालिमको उद्घाटन कार्यक्रमको प्रमुख अतिथी बनेका जिल्ला अदालत मुगुका जिल्ला न्यायाधीश गोपालप्रसाद बाँस्कोटाले नेपाली सञ्चार क्षेत्रलाई चौँथो अंगका रुपमा संविधानमा नै उल्लेख गरेकाले समाज विकास र परिवर्तन गर्न सञ्चारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने बताए। संघीयतापछि समाजमा केही अन्यौलता देखिएको, विकास निर्माणका क्षेत्रमा बेथिती बढ्दै गएकाले यता तिर पत्रकारिताले खोज अनुसन्धान गरि यथार्त कुरा बाहिर ल्याउनु पर्ने उनले बताए।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जिल्ला समाजमा लुकेर रहेका विषय वस्तु, बोल्न नसक्ने समुदायका समस्यालाई उजागर गर्न तालिम फलदायी हुन सक्ने बताए। तालीम सात दिनसम्म चल्ने छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।