राजनीति

सर्लाही घटनालाई लिएर मानअधिकार आयोग पुग्यो राजपा

file Photo
असार १८, २०७६

    काठमाडौं : सर्लाही र महोत्तरीको घटनामा प्रहरीले दमन गरेको भन्दै मानव अधिकारको रक्षा गर्न राष्ट्रिय जनता पार्टी राष्ट्रिय मानव अधिकार आयोग पुगेको छ।

    बुधबार अपरान्ह राजपा अध्यक्ष मण्डलको टोलीले आयोगका अध्यक्ष अनुपराज शर्मालाई भेटी शान्तिपूर्ण बिरोधमा जम्मा भएका सर्वसाधारण जनता माथि गोलि चलाएर दमन गर्न खोजेको भन्दै मानव अधिकारको रक्षाको पहल गर्न अनुरोध गरेको हो।

    गएको असार १५ गते पूर्व-पश्चिम राजमार्गको सर्लाही जिल्लाको बाँके चोकमा शान्तिपूर्ण बिरोध प्रदर्शनमा आएका सर्वसाधारणलाई प्रहरीले गोली चलाउँदा इश्वरपुर नगरपालिका १३ का २६ वर्षीय सरोज नारायण सिंहको मृत्यु भएको थियो। मृतक सिंहको टाउकोमा गोली लागेको थियो।

    प्रहरीले सामान्य बल प्रयोग गरेर नियन्त्रण गर्न सक्ने अवस्थामा पनि गोली नै चलाउनुले प्रहरीको मधेशी जनतालाई हेर्ने दृष्टिकोण अन्यभन्दा फरक रहेको राजपाले आरोप लगाएको छ।

    प्रहरीले मान्छेको शान्तिपूर्ण बिरोध गर्न पाउने अधिकार कुण्ठित गर्दै गोली नै चलाउन थालेपछि मानिसको बाँच्न पाउने अधिकार नै खोसेको राजापको आरोप छ।

    यता, राजपा नेपालको ज्ञापनपत्र बुझ्दै आयोग अध्यक्ष शर्माले छानबिन आयोग गठन गर्न सरकारलाई दबाब दिनुपर्ने बताए। पछिल्ला केहि घटनामा शान्तिपूर्ण बिरोध प्रदर्शनमा प्रहरीले अत्याधिक बल प्रयोग गर्न थालेको भन्दै बिना दबाब दिन सरकारले केहि नगर्ने बताए।

    सर्लाही र महोत्तरीको सीमामा रहेको बाँके नदीमा बालुवा गिट्टी निकाल्न खनेको खाल्डोमा डुबेर स्थानीय बालक १२ वर्षीय अमृत रायको मृत्यु भएको थियो। मृतकका परिवार र गाउलेले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग राख्दै गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो। जसमा सरोज सिंहको टाउकोमा गोली लागेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]