राजनीति

पूर्वमन्त्री कल्पना धमलासहित २० जना समाजवादी छाडेर नेकपामा!

असार १८, २०७६

    काठमाडौं : पूर्वमन्त्री कल्पना धमला डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादवादी पार्टी छाडेर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने भएकी छन्। 

    बिहीबार नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा धमलासहितका नेताहरुलाई पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले स्वागत गर्ने भएका छन्। 

    संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीको एकता सम्मानजनक नभएको बताउँदै आएकी धमला नेकपा प्रवेश गर्न लागेको पुष्टि प्रधानमन्त्रीको सचिवालयले पनि गरेको छ। 

    पूर्वमन्त्री धमलासँगै तत्कालीन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाईँ लगायत केही व्यवसायी र गोरखाका नेता-कार्यकर्तासहित २० जना नेकपामा जाने पक्का भएको स्रोतले जनाएकव छ। 

    धमलालाई यसअघि नै नेकपामा स्वागतको तयारी गरिएको थियो। धुम्बाराहीमा अध्यक्ष दाहाल स्वागतका लागि पुगेका थिए । तर अन्तिम समयमा आएर धमला पार्टी प्रवेश गर्ने कार्यक्रम स्थगित भएको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]