समाज

स्थानीय तह कांग्रेस समर्थित कर्मचारी भन्छन् : संघले द्वन्द्व सृजना गर्‍यो

असार १८, २०७६

    काठमाडौं : स्थानीय तह कर्मचारी युनियन (कांग्रेस समर्थित कर्मचारी)ले  विभेदकारी कानुन बनाएर संघले स्थानीय तहमा द्वन्द्व सृजना गर्ने वातावरण तयार पारेको आरोप लगाएको छ। असार १३ र १४ गते काठमाडौंमा सम्पन्न २ दिने राष्ट्रिय कार्यशाला गोष्ठीबाट प्राप्त निष्कर्षलाई ‘काठमाडौं घोषणा’ का रुपमा बुधबार सार्वजनिक गर्दै यस्तो आरोप लगाएका हुन्।

    पत्रकारसमक्ष घोषणा पत्र सार्वजनिक गर्दै युनियनका अध्यक्ष नरबहादुर साउदले समायोजनका क्रममा साबिक स्थानीय निकायमा काम गर्ने सबै कर्मचारी अन्यायमा परेको बताए। 'अन्यायका विरुद्धमा सबै कर्मचारीको एउटै मत छ। केही कर्मचारीलाई संघ सरकारका उच्च अधिकारीले नैतिकताको बार लगाएर बोली अड्काइ दिएका छन्। अन्याय धेरै छन्' साउदले भने।

    युनियनका महासचिव रामप्रसाद पौडेलले सरकार अभिभावक भएर पनि अभिभावकत्व भूमिका निर्वाहा नगरेको आरोप लगाए।  

    कहाँ देख्यो युनियले कमजोरी: यस्तो छ घोषणापत्र

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]