खेलकुद

महिला विश्वकप : कसले गर्ला अमेरिकासँग उपाधि भिडन्त?

दोस्रो सेमीमा नेदरल्यान्ड्स र स्विडेन भिड्दै

असार १८, २०७६

    काठमाडौं : फिफा महिला विश्वकपको फाइनल प्रवेशका लागि स्विडेनले नेदरल्यान्डको सामना गर्दैछ । दुई संस्करणको सेमीफाइनलिष्ट स्विडेन र नेदरल्यान्डबीचको बिजेताले डिफेन्डिङ च्याम्पियन अमेरिकासँग उपाधि भिडन्त गर्नेछ । 

    तीन संस्करणको विजेता अमेरिका यसअघि इङल्यान्डमाथि २–१ गोल अन्तरको जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ। 

    स्विडेन ८ मध्ये ४ संस्करणको सेमीफाइनल पुग्ने टोली हो । यता गत संस्करणबाट प्रतियोगिताका लागि छानिएको नेदरल्यान्डले पहिलो पटक सेमीफाइनलमा स्थान बनाएको हो । 

    उसले उपाधि दावेदार मानिएको जर्मनीमाथि २–१ को जित निकाल्दै स्विडेनसँगको भेट पक्का गरेको हो। अघिल्लो संस्करणमा नेदरल्यान्डको क्वार्टरफाइनल प्रवेशमा जर्मनी बाधक बनेको थियो । 

    विश्वकपमा स्विडेन र  नेदरल्यान्डको पहिलो भेट हो । यसअघिका विभिन्न प्रतियोगितामा ८ भेटमा नेदरल्यान्डले तीन जित, दुई हार र तीन बराबरीको नतिजा निकालेको छ । 

    प्लेयर टु वाच

    पछिल्लो पटक २०१७ को महिला युरोमा नेदरल्यान्ड २–० ले विजयी भएको थियो । डच टिमका लागि गोल गर्ने लाइक मार्टिनेस र भिभियन मिडेमा प्लेइङ ११ मा छन् । 

    आर्सनलकी मिडेमाले जारी प्रतियोगितामा ३ गोल गरिसकेकी छन् । त्यसैगरी बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने मार्टिनसले गत संस्करणको उपविजेता जापानविरुद्ध दुवै गोल गर्दै टिमलाई क्वार्टरफाइनल पुर्याएकी थिइन् । 

    यता स्विडेनकी २३ वर्षीया स्टिन व्लेकस्टेनसले नकाउट चरणका दुवै खेलमा निर्णायक गोल गर्दै टिमलाई सेमीफाइनलमा पुर्याइन् । अन्तिम १६ मा क्यानडाविरुद्ध निर्णायक गोल गरेकी उनले जर्मनीलाई २–१ ले पराजित गर्दा ४८ औँ मिनेटमा विजयी गोल गरेकी थिइन् । खेल विहीवार १२ः४५ बजे फ्रान्सको स्टेड डी लियोनमा हुनेछ । 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]