काठमाडौं : नेपालमा उत्पादन हुने पाँच वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ। व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्...
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एक नासुको सरुवा गराउन ३२ सांसद लागेको सुनाएका छन्।
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा निजामति विधेयकको दफाबार छलफलमा बुधबार उनले कर्मचारीमा सांसदले दबाब दिने गरेको औँल्याएका हुन् भन्ने खबर कान्तिपुर दैनिकमा छ।
‘कर्मचारीको सरुवा नबोक्ने माननीयहरुको संख्या कति होलारु’ उनले भने, ‘एकजना नायव सुब्बाले एक ठाउँमा सरुवा गराउन ३२ जना माननीयलाई लिएर मकहाँ आए, तर मैले गरिन।’ उनले ती नासु र सांसदको नाम नखुलाई अघिल्लो कार्यकालको घटना भन्दै अहिले त्यस्तै अवस्था रहेको बताए। ‘मैले १० औं गुना पीडा भोगेको छु, सरुवाका लागि मन्त्रालयमा शारीरिक बल समेत प्रयोग हुने गरेको छ।’ मन्त्री पण्डितले भने।
पूर्वमन्त्री तथा राज्य व्यवस्था समिति सदस्य जनार्दन शर्माले पनि कर्मचारीहरु सरुवा गराइदिनुपर्यो भन्दै धाउने गरेको बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।