समाज : सुरक्षा/अपराध

रूपन्देहीमा कारको ठक्करबाट १ जनाको मृत्यु, २ घाइते

असार १९, २०७६

    अर्घाखाँची :  पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवलको पाखापानीमा कारको ठक्करबाट बिहीबार बिहान एकजनाको ज्यान गएको छ।

    दुर्घटनामा परि सैनामैना नगरपालीका –४ का स्कुटर चालक २६ बर्षिय अजित सलामी मगरक‍ो उपचारको क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। लु १ च १५८८ नम्बरको कार र लु ३६ प ४३१४ नम्बरको स्कुटर बिहान ३ बजे एकआपसमा ठोक्किएका थिए।   

    स्कुटरमा सवार सैनामैना ४ का २२ बर्षिय सन्जय पटेल र २६ वर्षीय विक्रम थारु घाइते भएको ट्राफिक प्रहरी बुटवलले जानाकारी दएको छ।  उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।  ठक्कर दिने कार र कार चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]