राजनीति

विप्लव शान्तिपूर्ण राजनीतिमा आउनुपर्छ : उपसभापति निधि

असार १९, २०७६

    चितवन : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेत्रविक्रम चन्द विप्लव समूहलाई शान्तिपुर्ण राजनितिमा आउन आग्रह गरेका छन्। 

    बिहीबार प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा निधिले हिंसाको राजनीति त्यागेर शान्तिपुर्ण बाटोमा आउन आग्रह गरे।  पूर्वगृहमन्त्री समेत रहेका निधिले कसैले पनि आफ्नो राजनीतिक स्वार्थपुर्तिका लागि हिंसा गर्न नहुने बताए। उनले सरकारले पनि विप्लव समूहलाई वार्ताको माध्यमबाट शान्तिपुर्ण बाटोमा ल्याउनुपर्नेमा जोड दिए। 

    विगतमा तत्कालीन माओवादीलाई पनि वार्ताकै माध्यमबाट शान्तिप्रकृयामा ल्याएको बताउदै उपसभापति निधिले भने ‘विप्लव पनि हिंसा त्यागेर आउनुपर्छ, सरकारले पनि छलफलको माध्यमबाट शान्तिप्रकृयामा ल्याउनुपर्छ।’ नेता निधिले सरकारले एकपछि अर्को गर्दै संविधान र संघियताविरोधि काम गरीरहेको आरोप लगाएका छन्। गुठी विधेयक, मिडीया काउन्सील विधेयक, चिकित्सा विधेयकलगायतका विवादास्पद विधेयकहरु ल्याइरहेकाले पनि सरकार संविधान र संघियताको विरोधमा अघि बढेको पुष्टि हुने निधिको दाबी छ। उनले सरकारका नराम्रो कामको संसद र सडकबाट कडा विरोध गरीरहेको बताए। 

    उनले कांग्रेसभित्र गुट नरहेको दावी गरेका छन्। उनले प्रजातान्त्रीक पार्र्टीमा फरक मत आउनु स्वभाविक रहेको बताउर्दै यसलाई गुट भन्न नमिल्ने बताए। पार्टी केन्द्रीय समितिको बैठक यहि २२ गत्ते बस्ने र लगत्तै नेविसंघको विवाद पनि समाधान हुने विश्वास व्यक्त गरे। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]