खेलकुद

वेस्टइण्डिज-अफगानिस्तान भिड्दै

असार १९, २०७६

    विश्वकपमो सेमिफाइनल दौडबाट बाहिरिइसकेका अफगानिस्तान र वेस्टइण्डिज एकअर्काविरुद्ध आज प्रतिस्‍पर्धा गर्दै छन्। ४२ औं खेलमा वेस्टइण्डिज यस प्रतियोगितामा सिर्फ एक मात्र जित निकाल्न सफल भएको छ। जहाँ अफगानिस्तान प्रतियोगितामा जितविहीन छ। कम्तीमा सान्तवना जितका लागि अफगानिस्तान वेस्टइण्डिजविरुद्ध मैदानमा उत्रनेछ। कम्तीमा दुवैको लक्ष्य प्रतियोगिताको सुखद अन्त नै हुनेछ।

    दुवै टिम पहिलोपटक एकअर्काविरुद्ध इंग्ल्यान्डको मैदानमा प्रतिस्‍पर्धा गर्दै छन्। वेस्टइण्डिजले प्रतियोगितामा ८ खेलमा ३ अंक बनाएको छ। ऊ अंक तालिकाको नवौँ नम्बरमा रहेको छ। एक खेल नतिजाविहीन रहेको छ। पछिल्लो खेलमा अफगानिस्तानले वेस्टइण्डिजलाई हराएको थियो। यी दुई टिम विश्वकपको क्वालिफायरमा प्रतिस्‍पर्धा गरेका थिए।

    लिड्स मैदानमा मौसम सफा रहने भएकाले वर्षाको सम्भावना छैन। साथै १४ देखि २१ डिग्रिसम्म तापक्रम रहनेछ। बादल आउने भएकाले फेरि एकपटक ब्याट्सम्यानका लागि मैदान सहयोगी रहनेछ। पहिलो टिमले मिनिमम २५० बढी स्कोर बनाएमा खेल प्रतिस्‍पर्धात्मक बन्ने सम्‍भावना छ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]