काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
काठमाडाैं : भाैतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकास तथा प्रविधि समितिकाे कार्य सञ्चालनप्रति आपत्ति जनाएका छन्। बिहीबार राखिएकाे बैठकमा सरकार जुन विषयमा र जाेसँग सम्बन्धित हाे त्यसैसँग उत्तरदायित्व हुने वातवरण बनाउन आग्रह गरे।
बिहीबारकाे बैठकमा समितिले राष्ट्रिय बैरा संघकाे पनि उपस्थितिका लागि बोलाएपछि मन्त्रीले आपत्ति जनाएका हुन्।
`केही साथीहरूको तर्फबाट धेरै पहिलेदेखि माग भएअनुसार बाेलाएका छाैँ´ समिति सभापति कल्याणी खड्काले भनेपछि मन्त्री महासेठले बाेल्ने समय मागेका थिए। उनले समिति नम्सभन्दा बाहिर गएर छलफल राखेकाे गुनासाे गरे।
`सरकार समितिमाथि संसदमाथि जवाफदेही हुन्छ´ महासेठले भने, `स्टेक हाेल्डर राखेर हामीलाई बाेल्न बाध्य नपार्नू, याे नम्सकाे कुरा हाे जस्ताे लाग्दैन´
मन्त्रीले आपत्ति जनाएसँगै प्रतिनिधिलाई उपस्थिति गराइएन।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।