काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमल...
काठमाडौं : प्रधानमन्त्री र मन्त्रीहरूले काठमाडौंमा धुलो कम भएर मास्क लाउनु नपरेको बताएपछि सांसदहरूले सडकमा हिँड्न चुनौती दिएका छन्। मन्त्रीहरुलाई मास्क नलगाइ काठमाडौंको सडकमा हिँडेर देखाउन उनीहरुले मन्त्रीहरुलाई चुनौती दिएका हुन्।
बिहीबार बसेकाे संसदकाे विकास तथा प्रविधि समितिमा सांसद रंगमती शाहीले यस्ताे चुनाैती दिइन्। उनले समितिको बैठकमा उपस्थित भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई आफ्नै स्कुटर पछाडि राखेर बनस्थलीसम्मको यात्रा गराउन तयार रहेको बताइन्।
'भन्न हुने हाे वा होइन, प्रधामन्त्रीले काठमाडौंमा माक्स लगाउन नपर्ने बताउनुभएकाे छ,´ सांसद शाहीले भनिन् ` म स्कुटर चलाउँछु, मेराे स्कुटर पछाडि चढेर बनस्थलीसम्म मन्त्रीलाई यात्रा गराउन चाहन्छु।'
उनले मन्त्री आफैंले काठमाडौँको सडकमा मास्क नलगाइ हिँडेको दिन प्रधानमन्त्रीको भनाइ जनताले पत्याउने उल्लेख गरिन्। यथार्थ नबुझी बाेल्ने प्रधानमन्त्री-मन्त्रीको बानीले जनतामा भ्रम फैलिएको जिकिर शाहीले गरिन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।