त्रिशूली : नुवाकोटको प्रशिद्ध जात्रा भैरवी वर्ष बन्धन (सिन्दूरे जात्रा) को विशेष रौनक जारी छ। जीवित भगवानको रुपमा धामी एवं भैरवीदेवी मन्दि...
डोटी : डोटीको केआइसिंह गाउँपालिकामा सर्पले डसेर एक जनाको मृत्यु भएको छ। केआइसिंह गाउँपालिका-२ तिखात्तर शेर बोगटीका ९ वर्षीय छोरा झकेन्द्रबहादुर बोगटीलाई घरको आगनमा बसेर किताब पढिरहेका बेला सर्पले डसेर मृत्यु भएको स्थानीय मोहन बोगटीले बताए।
बुधबार मध्यान्हतिर बालकलाई सर्पले डसेको भए पनि गाउँमै झारफुक गर्दा निको नभएपछि मात्र अस्पताल ल्याइएको थियो। शैलेश्वरी अस्पतालमा उपचारको क्रममा बालकको मृत्यु भयको हो। ढिलोगरी अस्पताल ल्याएका कारण उपचार सम्भव नभएको अस्पताल स्रोतले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।