काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका केही भूभागमा बुधबार पनि वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान म...
संसदीय समितिले हचुवामा निर्णय गरेको आरोफ
काठमाडौं : सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बलिउडको प्रतिष्ठित आइफा अवार्ड नेपालमा गर्न सरकारले पैसा दिने कुनै निर्णय नगरेको दाबी गरेका छन्।
'आइफाबारे सरकारले निर्णय गरेको थिएन। कुनै पैसा दिने निर्णय पनि भएको होइन। सरकारले आयोजना गर्ने भनेको होइन', बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले भने, 'मिडिया र पत्रकारहरुले त रकमै तोक्नु भयो । मिडियाले रकम तोके जस्तो थिएन, सैद्धान्तिक सहमति जनाएको हो, छलफलकै चरणमा भएको विषयलाई निर्णय नै भनेर प्रचार गरियो।'
मन्त्री बास्कोटाले आइफाबारे संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले हचुवाका भरमा निर्णय दिएको भन्दै रोष प्रकट गरे।
'संसदीय समितिले हचुवाको भरमा निर्णय दियो। संसदीय समितिकाले बेस्सरी अध्ययन गर्नु भयो होला, आइफा के हो, हलिउड के हो भन्ने सरकारसँग सोध्नुभयो होला। जानकारी पनि लिनु भयो होला। त्यस आधारमा निर्णय भयो होला', बास्कोटाले व्यंग्यात्मक शैलीमा भने, 'समितिमा को राष्ट्रवादी को राष्ट्रघाती भनेको पनि सुनियो । थेसिस गरेर नै निर्णय गर्नु भयो होला। विज्ञहरुसँग पनि कुरा गर्नु भयो होला।'
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।