स्वास्थ्य

कञ्चनपुरमा ५ सय १६ एचआइभी संक्रमित

file Photo
असार १९, २०७६

    कञ्चनपुर  : एचआइभी एड्सबाट कञ्चनपुरमा ५ सय १६ जना संक्रमित रहेको पाइएको छ। जसमध्ये दुई सय ७९ पुरुष, दुई सय ३६ महिला र एक जना तेश्रोलिंगीमा एचआइभी एड्सको संक्रमण देखा परेको हो।

    एचआइभी एड्सबाट संक्रमित हुने १८ वर्ष मूनिका किशोरको संख्या ५७ रहेको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी भीमदत्त नगरपालिकामा १४६, बेदकोट नगरपालिकामा ९८, महाकाली नगरपालिकामा ७४, शुक्लाफाँटा नगरपालिकामा ६१ जना एचआइभी एड्स संक्रमित रहेका छन्।

    यसैगरी, कृष्णपुर नगरपालिकामा ६३, लालझाडी गाँउपालिकामा ११, बेलौरी नगरपाकिकामा २१, पुनर्वास नगरपालिकामा २५ र बेलडाँडी गाउँपालिकामा १७ जना एचआइभी एड्स संक्रमित रहेका छन्। 

    सबैभन्दा बढी ३० वर्षदेखि ३९ वर्षसम्मका पुरुष र महिलामा एचआइभी एड्सको संक्रमण देखिएको छ। यौनकर्मी महिलासँग अशुरक्षित यौनसम्पर्क राख्ने ग्राहक एचआइभी एड्सबाट बढी संक्रमित भएको पाइएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक रतन विष्टले बताए। उनका अनुसार सबैभन्दा बढी प्रवासमा लामो समय बसेर फर्केका व्यक्तिमा एड्सको संक्रमण बढ्दो रुपमा रहेको छ।

    ‘जोखिम युक्त तरिकाले यौनसम्पर्क राख्दा प्रवासिमा एड्सको संक्रमण भएको र घरमा रहेका श्रीमतीलाई उनीहरुलेनै एड्सको संक्रमण सारेको बढी देखिएको छ’ उनले भने। विगतका वर्षहरूमा भन्दा एड्सको संक्रमण दर भने घट्दै गएको देखिएको छ।

    कञ्चनपुरमा सन् २००६ मा ३१, सन् २००७ मा ४९, सन् २००८ मा ६७, सन् २००९ मा ८९,सन् २०१० मा ५५ मा २०११ मा ३८, सन् २०१२ मा ५९, सन् २०१३ मा २५, सन् २०१४ मा २३, सन् २०१५ मा २१, सन् २०१६ मा २५, सन् २०१७ मा २० र सन् २०१८ मा २४ नयाँ एचआईभी संक्रमित देखिएका थिए।

     जुन जनचेतनाको प्रभावका कारण घट्दै गएका हुन्। 'एचआइभी संक्रमित आमाबाट जन्मने शिशुमा भने संक्रमण दर शून्यमा झरेको छ' अधिकृत विष्टले भने, ‘पिएमटीसिटी सेवाको प्रभावकारीताले शिशुमा सर्ने दर शून्यमा झरेको हो।’ 

    कञ्चनपुरमा पत्ता लागेका संक्रमितमध्ये शरीरमा प्रतिरोधात्मक क्षमता बढाउने एआरभी औषधी सेवन गर्नेको संख्या ३०४ रहेको छ। महाकाली अञ्चल अस्पतालबाट सो सेवा संक्रमतिहरूले पाउने गरेका छन्। संक्रमित १८ वर्ष मूनिका किशोरलाई विशेष सुविधाअन्तर्गत पोषणका लागि प्रतिमहिना एक हजार रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ।

    हालसम्म कञ्चनपुरमा एचआइभी एड्सबाट १४७ जनाको मृत्यु भएको छ। जसमध्ये पुरुष ९५ र महिला ५२ जना रहेका छन्। कञ्चनपुरमा सन् २००५ मा एचआइभी एड्सको पहिलो रोगी देखा परेको थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]