काठमाडौं : सगरमाथा आरोहणका लागि यो वसन्तमा नयाँ बाटो सञ्चालनमा ल्याइएको छ। शुक्रबारको गोरखापत्रमा समाचार छ, पर्यटन विभागका साहसिक ...
ललितपुर : सामान्य प्रशासन मन्त्रालयले पठाएको समायोजनपत्र लुकाइदिएपछि एक कर्मचारी बिलखबन्दमा परेका छन्।
शिक्षा विकास तथा समन्वय इकाइ लगनखेलका प्रशासन शाखाबाट समायोजनपछि ललितपुर महानगरपालिका पुगेका युवराज सैंजुको समायोजनपत्र गायब भएको समाचार अन्नपूर्ण पोस्टले छापेको छ।
सैंजु हाजिर हुन दैनिक महानगरपालिका धाइरहेका छन्। असार १ गतेदेखि। यसबीच महानगर प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख गीता सत्याललाई जानकारी गराइसकेका छन्। ‘प्रमुखले बैठकपछि केही निर्णय होला भन्नुभयो’, सैंजुले भने, ‘तर उपप्रमुखले हाजिर गराउन कठिन पर्ने संकेत दिनुभयो।’ कर्मचारी समायोजन निल्नु न ओकल्नु बनेको सैंजुको अनुभवले बताउँछ।
केही समय पहिले महिला विकास कार्यालयमा काम गर्ने सीता अधिकारी डाँको छोडेर महानगरपालिकाको कार्यालयमा रोइन्। समायोजनपछि उनको जागिर गयो। घरमा आम्दानीको स्रोत नभएकाले कसरी पेट पाल्ने भन्दै उनी रोएकी थिईन्। सैंजुले भने, ‘घरिघरि त जागिरै नखाउँ जस्तो लाग्छ।’
सामान्य प्रशासन मन्त्रालयले पठाएको पत्र नआएको जानकारी ललितपुर महानगरपालिकाबाट सैंजुले पाएका छन्। मन्त्रालयले उनको पत्र कुरियरमार्फत पठाइसकेको र कुरियरवालासँग सम्पर्क गर्न सुझाव दिएको छ। सबैतिर पत्र नभेटिएपछि फेरि मन्त्रालय पुगेर आफैंले खोजेर पत्र फेला पारे। ‘एक कपी लिएर आएको छु’, सैंजुले भने, ‘व्यक्तिगत चिठी भने पाएको छैन।’
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।