काठमाडौं : नेपालमा उत्पादन हुने पाँच वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ। व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्...
काठमाडौं : सुडान घोटाला काण्डमा दोषी करार गरिएका नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरी बिहीबार सर्वोच्च अदालतमा हाजिर भएसँगै जेल परेका छन्।
उक्त काण्डमा सर्वोच्च अदालतले पूर्व आईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरी, पूर्व एआईजीपी श्यामसिंह थापा र दीपकसिंह थाङदेनलाई दोषी करार गरेको थियो।
अदालतले राणालाई दुई वर्ष कैद र ५० हजार जरिवाना गरेको थियो भने पूर्व आईजीपी गुरुङ र ठकुरी तथा पूर्व एआईजीपी थापा र थाङदेनलाई एक वर्ष कैद र ४० हजार रुपियाँ जरिवाना गरेको थियो। पूर्व आईजीपी ठकुरीबाहेक चारैजना यसअघि नै कैद सजाय भुक्तान गरी छुटिसकेका छन्।
पूर्व आईजीपी ठकुरीका बारेमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको २०७४ वैशाख १७ गतेको संयुक्त इजलासले भनेको छ ‘यी प्रतिवादीले आफ्ना पालामा भुक्तानी दिएको रकमबाट यो यति रकम लिएर खाएको हो भनी देखिएन। प्रमाणको अभावमा यी प्रतिवादीको हकमा बिगो कायम हुनसक्ने देखिँदैन।’
संयुक्त बेञ्चले तयार पारेको सोही फैसलामा पूर्व आईजीपी ठकुरीलाई एक वर्ष कैद र ४० हजार जरिवाना हुने देखियो भन्ने उल्लेख छ। एकातिर ‘रकम लिएर खाएको’ नदेखिएको र ‘प्रमाणको अभाव’ भएको लेखिएको छ भने अर्कातिर कैद र जरिवाना पनि तोकिएको छ। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।