अर्थ

ग्लोबल र जनता बैंक मर्जरमा जाने, दुई अध्यक्षले गरे हस्ताक्षर

असार २०, २०७६

    काठमाडौं : ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जरमा जाने भएका छन्। यसअघि मेगा बैंकसँग मर्जर जान छलफल चलाएको ग्वलोबल बैंकले अन्तत जनता बैंकसँग मर्जरमा गर्ने सहमति जनाएको हो। 

    शुक्रबार दिउँसो होटल सांग्रिलामा जनता बैंकका अध्यक्ष केशव रायमाझी र ग्‍लोबल बैंकका अध्यक्ष चन्द्र ढकालबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। ८५ प्रतिशत स्वाप रेसियोमा जान तयार भएका हुन्। दुई बैंकको मर्जरपछि पनि नाम भने ग्‍लोबल आइएमई नै रहेने बताइएको छ। 

    ग्‍लोबल आइएमई बैंकले यसअघि आधा दर्जन बढी संस्थालाई गाभेको  आठ अर्ब चुक्‍तापुँजी वृद्धि गरेको थियो। बिहीबार मात्रै राष्ट्र बैंकमा सातवटा बैंकले मर्जरमा जान तयार रहेको प्रतिबद्धता जनाएका थिए।

    यसअघि, ९ असारमा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पार्टनर खोजेर आउनका लागि बैंकहरूलाई आग्रह गरेका थिए। राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकहरू मर्जरका लागि दबाब दिने तयारी गरेको छ। आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति आगामी साता सार्वजनिक गर्ने तयारी गरिएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]